विश्व ज्येष्ठ नागरिक दिवस

Oct 1, 2021

विश्व जेष्ठ नागरिक दिवस मनाउने सन्दर्भमा अक्टोबर ०१, २०२१ का दिन नेपानको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको भर्चुअल गोष्ठी सम्पन गरियो । सबै उमेरगत समूहका व्यक्तिहरुका लागि डिजिटल प्रबिधिमा पँहुचका सन्र्दभमा बढी केन्दित रहेको गोष्ठीमा भारतबाट प्रा.डा. आरोधना शुक्ला, प्रा.डा. अनुभूति दुबे, पन्चर मालिंगम, डा. रोशनलाल, बंगलादेशबाट मोहरमान र नेपालबाट महेश शर्मा, डा.झविन्द्र भण्डारी, राजेश जोशी , छिङल्हमु शेर्पा तथा छत्र प्रधानले आ–आफ्ना प्रस्तुति राख्नुभएको थियो । नेपान सदस्य डा.नगेन्द्र ठगुन्नाले सहजीकरण गर्नु भएको सो कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम समितिका संयोजक तोया गौतमबाट र रिफ्लेक्सन नेपान सदस्य हेरिना जोशीबाट भएको थियो । कार्यक्रमको अन्तमा यस गोष्ठीले डिजिटल साक्षरताको आवश्यकता, जटिल रोग र सुरक्षा, प्रयोगकर्तामुखी उपकरणहरुका लागि सहकार्यको खाँचो एवम् नीतिगत परिवर्तनका लागि बहस–पैरविको आबश्यकाता रहेको पक्ष उजागर गरेको निष्कर्षमूलक समीक्षा प्रस्तुत गर्दै नेपान अध्यक्ष डा.अनोज क्षेत्रीले सम्पूर्ण प्रस्तोता र सहभागीहरुलाई धन्यवाद दिएर गोष्ठी समापन गर्नु भएको थियो ।

५ मासिक अन्तर–संवाद तथा बहस कार्यक्रम

५.१ तनाबमुक्त सफल जीवन

वि.स. २०७८ मंसिर २५ गते नेपानका सदस्यहरु माझ मासिक  अन्तर–संवाद तथा बहस कार्यक्रम सम्पन्न भएको छ । वक्ता सहभागिहरुलाई स्वागत गरी सुरु भएको सो कार्यक्रमलाई कार्यक्रम समितिका  संयोजक तोया गौतमले सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा डा. प्रद्युम्नराज पाण्डे, डा.नम्रता पाण्डे र प्रतिभा क्षेत्रीद्धारा तनावमुक्त सफल जीवन कार्यक्रमका बारेमा प्रकाश पारिएको थियो । यस कार्यक्रमका प्रस्तोताहरुले आफ्नो आबश्यकता र चाहना कम गरेमा नै तनावमुक्त भई जीवनमा सफल भइन्छ भन्ने सन्देश दिनुभएको थियो । कार्यक्रममा २४ जनाको सहाभागीता रहेको थियो । नेपानका अध्यक्ष डा.अनोज क्षेत्रीबाट उक्त गोष्ठीको सारसङ्क्षेप प्रस्तुत गरी सम्पुर्ण प्रस्तुतकर्ता र सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

“Reframing Participatory Development Action: Critical Insights For Nepal”

वि.स. २०७८ माघ १६ गते नेपानका सदस्यहरु माझ Reframing Participatory Development Action: Critical Insights For Nepal  विषयक मासिक अन्तरसंवाद तथा बहस कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम समितिका संयोजक तोया गौतम र कार्यसमिति सदस्य भोला भट्टराईले गर्नुभएको थियो । कार्यक्रमको सुरुमा वक्ता एवम् सहभागीहरुको परिचय र स्वागत गरिएको थियो । उक्त कार्यक्रममा डा. हेमन्त ओझा , गोपीकृष्ण खनाल ,डा. पुर्ण नेपाली तथा स्मृतिकला पन्तले आ–आफ्ना दृष्टिकोणहरु राख्नुभएको थियो । यस संवादमा वक्ताहरुका दृष्टिकोणमाथि सहभागिहरुबाट राखिएको जिज्ञासाहरुका बारेमा छलफल गरिएको थियो । नेपानका अध्यक्ष डा. अनोज क्षेत्रीबाट उक्त संवादको सान्दर्भिकता व्यक्त गर्नुको साथै सम्पुर्ण प्रस्तुतकर्ता र सहभागीहरुलाई धन्यवाद ज्ञापन दिई संवाद कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा २८ जनाको सहभागीता रहेको थियो ।

६. अन्य गतिविधिहरु

यस अवधिमा नेपानले यूएनडीपीको सहयोग तथा राष्ट्रिय योजना आयोगसँगको समन्वयमा दिगो विकासको स्थानीयकरणको अवस्था विश्लेषण कार्य गरेको छ । नेपानको मुख्य प्रकाशनमध्येमा रहेको ‘सहाभागिता’ को मुद्रण र युवामैत्री विकाससम्बन्धी प्रस्तावना यूएनडीपीमा पेश गरेको छ । यसैगरी दुग्ध व्यवसाय प्रर्वद्धनका लागि चेक रिपब्लिकको दूतावास, भारतमा र ज्येष्ठ नागरिकको मनोपरामर्श सेवाका लागि राष्ट्रिय योजना आयोगमा समेत कार्यक्रम प्रस्तावना पेश गरेको छ ।