नेपानले आफ्नो नियमित मासिक छलफलको १३३ औँ श्रृङ्खला मंसिर १५ मा आयोजना गरेको छ । ‘Policy Advocacy in Local Government: A case from Civil Society Mutual Accountability Project (CS:MAP)’ विषयक छलफलमा FHI 360 का Advocacy Advisor श्री भोला भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उँहाले विशेषत policy advocacy स्थानीय तहमा कसरी भईरहेको छ भन्नेबारे चर्चा गर्नुभएको थियो । MITRA SAMAJ, Raleigh International, SOCH Nepal, General Federations of Nepalese Trade Unions (GEFONT), Adarsha Khabr, UNFPA का प्रतिनिधि र नेपानका सदस्य तथा सचिवालयका कर्मचारी सहित २० (३ महिला, १७ पुरूष) जनाको उपस्थिति रहेको सो कार्यक्रम निकै जिवन्त रहेको थियो । कार्यपत्रमाथि नेपान सदस्यहरु गोविन्दराज पौडेल र राजबहादुर गिरी, नेपानकी कार्यकारी निर्देशक उषा अर्याल दाहाल, नेपान कार्यसमितिका निवर्तमान अध्यक्ष चेतनाथ कणेल र सदस्य रूपा बस्नेत, Raleigh International का कर्णबहादुर नेपाली, SOCH Nepal का अर्जुन परियार, GEFONT का नरनाथ लुईटेल र प्रदिप आचार्य, आदर्श खबरका टिकादास श्रेष्ठ, UNFPA का रामप्रसाद दाहाल ले गर्नुभएको थियो । करिव २ घण्टासम्म चलेको सो छलफल कार्यक्रम ज्ञानवद्र्धक तथा अन्तरक्रियात्मक भएको उपस्थित सहभागिले बताए ।