DFID को सहयोग र MOTT MacDonald को व्यवस्थापनमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान), सिविएम इन्टरनेशनल, सप्रोस नेपाल र सामुदायिक विकास केन्द्र, नुवाकोटको सहकार्यमा नुवाकोट जिल्लाका तीन गाउँपालिकाहरुः दुप्चेश्वर, तादी र शिवपुरीमा सम्बोधन परियोजना सञ्चालन भइरहेको छ । उक्त परियोजनाले दिगो विकासको लक्ष्य प्राप्तिको लागि “कोही पनि पछि नपरुन्” भन्ने सारतत्वलाई आत्मसात गर्दै समाजमा रहेका अति जोखिमयुक्त वर्गहरू जस्तैः ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, भूकम्पको कारणले विस्थापित घरपरिवार र खाद्य असुरक्षा तथा अति विपन्न घरपरिवारहरुको लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।
यसै सिलसिलामा नुवाकोट जिल्लाको तादी गाउँपालिकामा परियोजनाको लाभान्वित व्यक्ति तथा तिनका आश्रीत परिवार सदस्यहरुलाई तीन महिने सिलाईकटाई तालीम शुरु गरिएको छ । उक्त तालिममा १२ जनालाई सो सम्वन्धि प्रयोगात्मक ज्ञान दिनुका साथै केहि सँख्यामा सिलाई तथा इन्टरलक मेशिन प्रदान गरिएको छ ।
परियोजनाले लक्षित क्षेत्रमा विभिन्न व्यवसाय सञ्चालन गर्न चाहनुभएका सेवाग्राही (२८ जना महिला र १८ जना पुरुषहरु मध्ये अपांगता भएका व्यक्ति ६ जना, ज्येष्ठ नागरिक १९ जना, एकल महिला ९ जना र विपन्न घरपरिवार १२ जना) को व्यवसायिक योजनाको निर्माण पनि गरेको छ ।
त्यसैगरि परियोजनाको सहजीकरणमा मौसमी तरकारी खेतिको लागि विभिन्न स्थानमा विभिन्न तरकारीहरुको व्याड राखेको छ । तादी गाउँपालिकामा नर्सरीबाट १३४ घरपरिवार समेटिएको छ भने दुप्चेश्वर गाउँपालिकामा अमिलो जातका विभिन्न विरुवाहरु २०० घरपरिवारलाई १००६ वटा विरुवाहरु प्रदान गरिएको छ । त्यसैगरि सोही गाउँपालिकामा २० घरपरिवारलाई एभोकाडोको विरुवा १३० वटा बाँडिएको छ । साथै, उक्त विरुवाको महत्वको बारेमा घरदैलो अभिमुखीकरण समेत गरिएको छ ।
Read this: Cialis: Myths, Facts, and Practical Guidance for Safe Use
साथै, परियोजनाले विगत लामो समयदेखि परम्परागतरुपमा अँगाल्दै आएको विभिन्न पेशा तथा व्यवसायको आधुनिकीरणको लागि विभिन्न यन्त्र तथा उपकरणहरुको सहयोग गरेको छ र सामाजिक सुरक्षाबारे जानकारी, परिचयपत्र प्राप्त गर्ने आधारहरु, स्थानीय वडा कार्यालयको भूमिका, विभिन्न सामाजिक समूहहरुको भूमिका आदिको बारेमा वडा स्तरीय अभिमुखिकरण कार्यक्रम भईरहेको छ ।