अमेरिकाको नर्थ क्यारोलिना राज्य (अप्पालाचियन स्टेट युनिभर्सिटी) का प्रोफेसर डा. एड रोजेनबर्गको लामो प्राज्ञिक अनुभव पनि ज्येष्ठ नागरिक सवालमा भएकोले उहाँले आफ्ना अनुभवलाइ नेपालको सन्दर्भमा जोड्नु भएको थियो । ज्येष्ठ नागरिकका सवालमा नेपान एक ‘पायोनियर’ संस्था मानिन्छ नेपालमा । नेपान सदस्यमा आधारित एक स्वयम्सेवी संस्था भन्ने थाहा पाएकोले उहाँले पनि नेपानको अनुरोध स्वीकारी स्वयम्सेवी प्रस्तुतिका लागि आफ्नो व्यस्तताबाट अलिकति समय निकाल्नुभयो ।

करिब सवा घण्टाको प्रस्तुति तथा छलफल कार्यक्रममा प्रोफेसर रोजेनबर्गले ‘नेपालमा ज्येष्ठ नागरिकको वर्तमान अवस्था र भविष्यका अवसर तथा चुनौतीहरू’ विषयक एक अंग्रेजी कार्यपत्र (पावरप्वाइन्ट) प्रस्तुत गर्नुभयो । उहाँले विश्वका विभिन्न देशको तुलनात्मक अध्ययन गर्ने क्रममा नेपालको पनि विशेष अध्ययन गर्नुभएको रहेछ । उहाँको प्रस्तुति संक्षिप्त भए पनि निकै गहन कुरा र तथ्यांकहरू प्राज्ञिक हिसाबले विश्लेषण गरी समेटिएका थिए । सन् २०००, सन् २०२५ र सन् २०५०, अर्थात् विगत २० वर्ष र आउँदो ३० वर्ष गरी ५० वर्षको ज्येष्ठ नागरिक संख्याको बढोत्तरी प्रवृत्ति (ट्रेन्ड) उक्त प्रस्तुतिमा केलाइएको थियो । ज्येष्ठ नागरिकको संख्या विश्वभर नै बढ्दैछ, नेपाल पनि अछुतो छैन, तर बढ्दो बुढ्यौली उमेरको जनसांख्यिक, स्वास्थ्य, खानपान, सामाजिक सुरक्षा तथा सम्मान, आय व्यवस्थापन र रोजगारीजस्ता अनेक सवालसँग जुध्न नेपाल कति तयार छ त ? यो नै मूल सार थियो उहाँको प्रस्तुतिको ।

नेपालमा हाल करिब ९ प्रतिशत रहेको छ ६० वर्षमाथिका ज्येष्ठ नागरिकको जनसंख्या, तर यो तीब्रतम रुपले बढिरहेको छ र सन् २०५० सम्ममा २० देखि २५ प्रतिशत पुग्ने प्रक्षेपण छ । यो बढ्दो जनसंख्या आर्थिक रुपले क्रियाशील हुन सकेन भने युवापुस्ताका लागि ठूलो चुनौती हुनेछ । देशले सामाजिक सुरक्षा (ज्येष्ठ नागरिक भत्ता) मा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउनेछ । स्वास्थ्यसेवाको ग्यारेन्टी चुनौतीपूर्ण बन्नेछ । परिवारमा बालबच्चा कम जन्माउने चलन, युवाहरू कामको खोजीमा सहर पस्ने वा विदेशतिर लाग्ने चलन, स्वास्थ्यसेवाको गुणस्तर अभिवृद्धिले गर्दा औसत आयु बढ्दै गएको अवस्था आदिजस्ता कारणले बुढ्यौली जनसंख्या सोचेभन्दा छिटोछिटो बढ्दै छ । केटाकेटी र युवाको संख्या भने विगतको तुलनामा कम हुँदैछ । भविष्यमा अझ कम हुनेछ । यस्तो अवस्थामा ‘बुढ्यौली संसार’ बढ्न गई अनेक चुनौती आउन सक्छन् । के राज्य यस्ता चुनौतीहरू सामना गर्न तयार हुँदैछ त ? उहाँका प्रस्तुतिले ध्यानाकर्षण गरेका चिन्तनीय र मननीय पक्षहरू थिए ।

उहाँले ज्येष्ठ नागरिकसम्बन्धी अमेरिकाका विविध अनुभवहरू पनि सुनाउनुभएको थियो । ‘बाहिरी दुनियाँमा हल्ला गरेजस्तो अमेरिकाका सबै बुढाबुढी बृद्धाश्रममा बस्ने कुरा सत्य होइन । करिब २० प्रतिशत बुढाबुढीमात्र वृद्धाश्रममा बस्छन्, बाँकी ८० प्रतिशत घरपरिवारमा नै बस्छन्’, उहाँले थप्नुभयो, ‘विकसित देशहरूको भन्दा नेपालको सामाजिक रहनसहन र ज्येष्ठ नागरिकप्रति गरिने व्यवहार पनि राम्रो छ, तर आधुनिकता र विश्वव्यापीकरणले नेपालजस्ता देशमा पनि संरचना र संस्कार बदलिँदैछ, जुन चुनौतीपूर्ण छ, अहिलेदेखि नै ख्याल गर्नुपर्छ ।’

उहाँको प्रस्तुतिउपर जिज्ञासा राख्ने र आआफ्ना अनुभव पनि थप्ने काम भएको थियो झविन्द्र भण्डारी, चेतनाथ कणेल, डा. होमनाथ चालिसे, महेश शर्मा, डा. गिरिप्रसाद पन्थी तथा चन्द्र सर्तुङ्गे मगरबाट ।

प्रोफेसर डा. रोजेनवर्गलाई नेपानघरमा फूलमाला लगाई स्वागत गरिएको थियो । हार्दिक धन्यवादका साथ नेपानका केही विशेष प्रकाशनहरू पनि अध्यक्ष झविन्द्र भण्डारीबाट प्रदान गरिएको थियो । कार्यक्रमको अन्तमा प्रोफसर रोजेनबर्गले भन्नुभयोे, ‘आज मैले पनि नेपानबाट केही सिक्ने मौका पाएँ । म धेरै खुसी छु । पछिसम्म पनि हाम्रो सम्पर्क रहिरहोस् । मिल्छ भने म नेपानको सदस्य बन्न पनि इच्छुक छु ।’

शब्द संयोजन : चेतनाथ कणेल “हरित”

https://fronterastrategy.com/people/ https://www.farringdongroup.com/careers/ https://www.androidtraininginchennai.co.in/about-us https://bigdatahadooptraining.in/hadoop-corporate-training/ https://www.blogomania.in/ https://www.bluecross.org.in/about-us-blue-cross-of-india/ https://dhilipstudio.com/blog/ https://www.dotnettraininginchennai.net/about-us/ https://www.embeddedtraininginchennai.com/contact-us/ https://ethicalhackingcourse.in/contact-us/ https://www.fitaacademy.com/corporate-training/ https://www.financ.in/ https://fitaporur.in/blog/ https://gadgets.org.in/about-us/ https://hadooptraininginchennai.net/ https://html5training.in/ https://www.imedicalassistants.com/blog/ https://informaticatraininginchennai.co.in/ https://www.inplanttraininginchennai.in/about-us/ https://javatraininginchennai.com/ https://istud.in/ https://oracledbatraininginchennai.in/contact-us/ https://eltekindia.com/ https://www.wurzelnfluegel.de/ https://rvrtechniek.nl/over-ons/ https://transair.gr/ https://phptraininginchennai.co.in/blog/ https://qtptraining.co.in/ https://www.reactjstraining.in/about-us/ https://renovationjumbo.com/ https://seleniumtraining.co.in/fita-chennai-reviews-testimonials/ https://www.sathvikcivilengineers.com/blog/ https://www.softwaretestingtraining.co.in/about-us/ https://softwaretestingtraininginchennai.in/contact-us/ https://dopesouls.org/modules/ https://capitalstrategiesmanagement.com/ https://dmstrust1978.com/events/ https://sphere-ltd.ru/company/ https://traininginomr.in/courses/ https://www.sustainable-hyderabad.in/ https://www.deleggestudio.com/about-jola/ https://topmind.ca/about-us/ https://starworksllc.com/about-us/ https://www.salesforcecrmtraininginchennai.in/about-us/ https://www.seotraininginchennai.org/enquiry-form/ https://www.smarthrsolution.com/billing-saas-applications/ https://hoteltempleciti.com/ antares138 antares138 gampang maxwin https://catshirt.hadraterapias.com.br/ https://copy.hadraterapias.com.br/ https://neuciallio.adv.br/ https://allio.hadraterapias.com.br/ https://stefaniallio.adv.br/ https://allio.hadraterapias.com.br/practice-areas/ https://copy.hadraterapias.com.br/about-us/ https://empero.com.tr/id/ https://aytpiston.com.tr/site/ https://komtasmakine.com.tr/tr/ https://balajifoods.com/ https://dsrealtyconsulting.com/about/ himachalroofing.in/our-profile-designs https://foocra.in/contact/ https://sachinisindiatour.com/travel-themes/ https://sushascafe.com/menu/ dewalangit77 antares138 antares138 antares138 dewalangit77 https://jaroslawsender.com/o-mnie/ https://admordglobal.org/ https://allnature.shop/ https://allwell.shop/ https://jared-travel.com/ https://lyowefa.org/about-us/ https://4cengine.com/case-studies/ https://jared-travel.com/ https://lyowefa.org/about-us/ https://4cengine.com/case-studies/ https://dogloverplanet.com/testimonials/ https://elitelimosolutions.com/ https://greyphonerecords.com/about-us/ https://www.hhvividcolors.com/about-vivid/ https://hawkboyzmoving.com/services/ https://mismejoreslabores.com/dewalangit77/ https://carmeltravelsindia.com/ https://www.bluecross.org.in/about-us-blue-cross-of-india/