Warning: Trying to access array offset on false in /home/u404765524/domains/nepan.org.np/public_html/wp-content/themes/Divi/includes/builder/functions.php on line 2566
नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २६ औँ वार्षिक साधारण सभा सम्पन्न । | NEPAN

सन् २०१९ डिसेम्वर महिनादेखि चीनको उहान शहरमा देखिएको कोरोनाभाइरस यतिवेला सँसारैभरि महामारीको रूपमा फैलिइएको र यसको कारणले व्यापक रूपमा मानवीय क्षति भएको कारणले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले विभिन्न समयमा जारी गरेको विभिन्न सूचनाहरूलाई आत्मसात गरि नेपानको २६औँ वार्षिक साधारण सभा भर्चुअल रूपमै सम्पन्न गरियो । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २६ औँ वार्षिक साधारण सभा संस्थाको अध्यक्ष श्री झविन्द्र भण्डारीको अध्यक्षता र सदस्य, राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री मीनबहादुर शाही ज्यूको प्रमुख आतिथ्यमा २०७७ असोज ३ गते शनिवारको दिन ZOOM Video Conference को माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भयो ।

थप जानकारीको लागि विस्तृत प्रतिवेदन राखिएको छ ।