Warning: Trying to access array offset on false in /home/u404765524/domains/nepan.org.np/public_html/wp-content/themes/Divi/includes/builder/functions.php on line 2566
नेपानको १२५ औँ मासिक छलफल र पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न | NEPAN

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को आयोजनामा २०७५ साल असार महिनाको २४ (८ जुलाई २०१८) गते नेपान हलमा ‘१२५ औँ मासिक छलफल कार्यक्रम’ आयोजना गरियो । ‘समुदायको नेतृत्वमा विकास: के, किन र कसरी ?’ भन्ने बारेमा छलफल भएको उक्त कार्यक्रममा नेपानका आजीवन सदस्य तथा विकासवीज्ञ श्री राजबहादुर गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। १३ जना महिला र २३ जना पुरुष गरी जम्मा ३६ सहभागीहरुको उपस्थिति रहेको सो छलफल कार्यक्रम निकै जीवन्त रहेको थियो।

विकासविज्ञहरु चेतनाथ कणेल,फटिकबहादुर थापा, गोवीन्दराज पौडेल, रुपा बस्नेत, डा. विनोद भट्ठ, ब्रह्मध्वज गुरुङ, छिङलमु शेर्पा, गोपाल तामाङ, तोया गौतम, एकराज भण्डारी, विना गोले लगाएतले सो कार्यक्रमको अवसरमा आफ्ना विचार र अनुभवहरु राख्नुभएको थियो । सोही कार्यक्रमका अवसरमा विकासविद् दीपकराज चापाको विकाससम्बन्धी आलेखहरु सँगालिएको पुस्तक ‘पार्क रेञ्जरदेखि पार्किन्सनसम्मको यात्रा’ को लोकार्पण पनि गरिएको थियो । करिव ३ घन्टासम्म चलेको दुई चरणको कार्यक्रम ज्ञानवद्र्धक तथा अन्तरक्रियात्मक भएको उपस्थित सहभागिहरुले बताए ।