Warning: Trying to access array offset on false in /home/u404765524/domains/nepan.org.np/public_html/wp-content/themes/Divi/includes/builder/functions.php on line 2566
१३२ औँ मासिक छलफल सम्पन्न | NEPAN

नेपानले आफ्नो नियमित मासिक छलफलको १३२ औँ श्रृङ्खला गत असार २२ मा आयोजना गरेको छ । ‘परिणाममा आधारित अनुगमन तथा मूल्याङ्कन’ विषयक छलफलमा Karnali Integrated Rural Development and Research Centre (KIRDARC)  का Policy Planning & Quality Assurance प्रवन्धक गौतमराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि नेपान सदस्यहरु लालबहादुर ओली, एबिन्द्र न्यौपाने, राजबहादुर गिरी र नेपानकी कार्यकारी निर्देशक उषा अर्याल दाहालले टिप्पणी गर्नुभयो ।