Warning: Trying to access array offset on false in /home/u404765524/domains/nepan.org.np/public_html/wp-content/themes/Divi/includes/builder/functions.php on line 2566
१३४ औँ मासिक छलफल कार्यक्रम सम्पन्न | NEPAN

नेपानले आफ्नो नियमित मासिक छलफलको १३४ औँ श्रृङ्खला पुष २० मा आयोजना गरेको छ । ‘Switch on to Digital Transformation through Mobile Applications’ विषयक छलफल कार्यक्रमका मुख्य प्रस्तोता यास्मिन गौतम तथा सीमा केसीले आफ्ना कार्यपत्र प्रस्तुत गर्दै अहिलेको समयमा प्राप्त प्रविधिको उच्चतम सदुपयोग गर्दै मानिसको अमूल्य समय तथा अनावश्यक खर्च बचाउने खालका स्मार्ट तौरतरिकाको प्रयोग बढाउनमा नेपाल सरकार, निजी क्षेत्र तथा नागरिक समाजका सदस्यले समेत जोड दिनुपर्ने कुरा बताउनुभएको थियो ।

नेपान घरमा सम्पन्न सो १३४औं मासिक छलफल कार्यक्रमको अध्यक्षता नेपानका अध्यक्ष झविन्द्र भण्डारीले गर्नुभएको थियो भने छलफलको सहजीकरण कार्यकारी निर्देशक उषा अर्याल दाहालले गर्नुभएको थियो । नेपानका निवर्तमान अध्यक्ष चेतनाथ कणेल, कार्यकारी समितिका सदस्य तोयानाथ गौतम र विनोदकुमार तिमल्सेना, नेपानका सदस्य प्रमोद उपाध्याय, लालबहादर ओली, दिवेश सायमी, मिडिया हाउसका श्रीबास साखः र नेपानका कर्मचारी आशिष पाठक लगायतले मोबाइल बैंकिङ्ग तथा ईसेवा, फोनपे, आदि सेवाका बारेमा आ–आफ्ना विचार, अनुभव र जिज्ञासा राख्नुभएको थियो ।

करिब डेढ दर्जन सहभागी रहेको उक्त कार्यक्रमको अन्त्यमा अध्यक्ष भण्डारीले प्रस्तोताहरूलाई प्रशंसापत्रका साथ सम्मान एवम् धन्यवाद ज्ञापन गर्नुभएको थियो । लगभग २ घण्टासम्म चलेको सो छलफल कार्यक्रम ज्ञानवद्र्धक तथा अन्तरक्रियात्मक भएको उपस्थित सहभागिले बताए ।